नेपाल उद्योग व्यापार महासंघको प्रथम महाअधिवेशन भदौ ३० गते हुदैँ – Nepal Press

नेपाल उद्योग व्यापार महासंघको प्रथम महाअधिवेशन भदौ ३० गते हुदैँ

काठमाण्डौ । नेपाल उद्योग व्यापार महासंघको प्रथम महाअधिवेशन भदौ ३० गते बिहीबार हुने भएको छ । मंगलबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै महासंघले महाअधिवेशनको तयारी पुरा भएको जनाएको हो ।

विभिन्न १७ वटा संघ मिलेर बनेको महासंघको भदौ ३० गते काठमाण्डौमा पहिलो महाअधिवेशन गर्न लागिएको महासंघका अध्यक्ष श्याम पाठकले पत्रकार सम्मेलनमा जानकारी दिए । गत असार ३१ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर हाल देशभर जिल्ला तथा प्रदेश संघ विस्तार गरिसकेको र सबै संघको साझा संस्थाका रुपमा महासंघ दर्ता गरिएको उनले बताए ।

महाधिवेशनको नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा बिहान पौने १० बजे उद्घाटन हुनेछ । महासंघका अनुसार महाअधिवेशनकाे उद्घाटन सत्रमा नेकपा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसाल, अर्थमन्त्री जनार्दन शर्मा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडु र कृषि तथा पशुपन्छि विकासमन्त्री मृगेन्द्रकुमारसिंह यादलले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

साथै प्रथम महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ । यसका साधारण सदस्य नेपालको सम्बन्धित सरकारी निकायमा दर्ता भएका लघु, घरेलु , साना तथा ठुला उद्योग, व्यवसाय र व्यापारी रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर