चुनावी घोषणापत्रमा सहकारीका मुद्दा समेट्न महासंघको माग – Nepal Press

चुनावी घोषणापत्रमा सहकारीका मुद्दा समेट्न महासंघको माग

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको घोषणापत्रमा सहकारीका मुद्दा समेट्न आग्रह गर्दै पार्टीहरुलाई सुझाव बुझाएको छ ।

महासंघका अध्यक्ष मीनराज कँडेल र वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले मंगलबार नेकपा एमालेका महासचिव शंकर पोखरेल र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उक्त सुझाव बुझाएका छन् ।

निर्वाचनका लागि पार्टीहरु घोषणापत्र तयारीमा जुटिरहेको समयमा महासंघले सहकारी अभियानको तर्फबाट सुझाव दिएको हो । महासंघका अध्यक्ष कँडेलले सबै दललाई आफूहरुको सुझाव दिने बताए ।

‘हामीले दलहरुलाई सहकारी अभियानको तर्फबाट घोषणपत्रमा समेट्नुपर्ने सहकारीका मुद्दाका विषयमा बुँदागत रुपमा सुझाव पेश गरेका छौं । उहाँहरु सकारात्मक रहेको र प्राप्त सुझावलाई अध्ययन गरेर समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर