युवा उद्यमीलाई प्रोत्साहनका लागि युवा उधमशीलता शिखर सम्मेलन हुने – Nepal Press

युवा उद्यमीलाई प्रोत्साहनका लागि युवा उधमशीलता शिखर सम्मेलन हुने

काठमाडौं । सरकार र निजी क्षेत्रको साझेदारीमा आगामी भदौ २८ गते काठमाडौंमा नेपाल युवा उद्यमशीलता सिखर सम्मेलन २०२२ हुने भएको छ । यसको टाइटल स्पोन्सरमा राष्ट्रिय वाणिज्य बैंक रहने भएको छ । नेपाल सरकारको राष्ट्रिय युवा परिषद् र निजी क्षेत्रबाट विशाल मिडिया ग्रुपको मुल संयोजनमा सिखर सम्मेलनको दोस्रो संस्करण आयोजना हुन लागेको हो ।

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको बिशेष उपस्थीतिमा राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र विशाल मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत समेत रहेका सम्मेलन मुल आयोजक समितिका संयोजक विशाल गैरेबिच टाइटल स्पोन्सरका लागिसमझदारी पत्रमा हस्ताक्षर भएको छ ।

‘आर्थिक समृद्धीका लागि नवप्रवर्तन र उद्यमशीलता’ भन्ने मुल नाराका साथ आयोजित सम्मेलनले युवाहरुलाई उत्पादन र स्वरोजगारसँग जोड्दै नेपालमै उद्यमी बनाउन प्रोत्साहन गर्ने उद्देश्य राखेको परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।

समझदारी समारोहमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले ५७ वर्ष पहिला स्थापना भएको वाणिज्य बैंक युवाहरुलाई उद्यमी बनाउन आवश्यक बिउ पूँजी, तालिम र यस्ता खाले सम्मेलनमा सधैँ साथमा रहने प्रतिवद्धता व्यक्त गरे ।

पहिलो सिखर सम्मेलनमा समेत मुख्य प्रायोजक रहेको बताउँदै यो सम्मेलनले देशभरका युवाहरुमा वित्तीय साक्षरता, बैकिङ् पहुँच अभिवृद्धि र बलियो राष्ट्रियस्तरको सञ्जाल स्थापना हुने विश्वास व्यक्त गरे । त्यसैगरी, सम्मेलन मुल आयोजक समितिका संयोजक विशाल गैरेले युवा उद्यमका लागी सरकारको कानुन, कार्यक्रम र बजेटबारे पुनरावलोकन गर्न यो सम्मेलनले सहजीकरण गर्ने बताए ।

युवा उद्यमशीलताका लागि बातावरण बनाउदै स्टार्टअपहरुको सङ्ख्यातमक र गुणत्मक सहभागीता लागि सम्मेलन आयोजना गरिएको उनको भनाई थियो ।

७७ वटै जिल्लाबाट प्रतिनिधित्व रहने गरी उद्यमी बन्न चाहने र उद्यम गरिरहेका करिव ५०० जना युवाहरु सम्मेलनमा सहभागी हुने छन् । सम्मेलनमा स्टाटअर्प स्टोरी आदानप्रदान, प्यानल डिस्कसन, समुहगत छलफल, नेटवकीङ्, सफल युवा उद्यमीहरुको प्रस्तुतीसहितको अवार्ड वितरण, उद्यमी मेला, बिश्व बजारमा भइरहेका नवप्रवर्तनीय कार्यको डेमो प्रदर्शन, लगानी सम्झौता, मेन्टरीङ र लगानी सम्झौतालगायतका कार्यक्रमहरु रहेका छन् ।

सम्मेलनमा नेपाल सरकारको राष्ट्रिय योजना आयोग र बागमती प्रदेश सरकारको उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्रालयसमेत साझेदार रहेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर