नयाँ स्टक एक्सचेन्जले ३० प्रतिशत आईपीओ जारी गर्नुपर्ने (नियमावलीसहित) – Nepal Press

नयाँ स्टक एक्सचेन्जले ३० प्रतिशत आईपीओ जारी गर्नुपर्ने (नियमावलीसहित)

काठमाडौं । सरकारले स्टक एक्सचेन्जको चुक्तापूँजी ३ अर्ब रूपैया हुनुपर्ने गरी धितोपत्र बजार सञ्चालन नियमावली २०६४ को संसोधन गरेको छ । तर, अहिले सञ्चालनमा रहेको स्टक एक्सचेन्जको हकमा भने यो लागू हुने छैन ।

अहिले नेपालमा सरकारी स्वामित्वको एक मात्र नेपाल स्टक एक्सचेन्ज सञ्चालनमा छ । नयाँ स्टक एक्सचेन्जले कारोबार सञ्चालन गरेको दुइ वर्षभित्र कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नुपर्नेछ । कानूनबमोजिम स्थापना भएको प्राइभेट कम्पनी तथा संगठित संस्थालेमा मात्र संस्थापक सेयर लिन पाउनेछन ।

नेपालबाहेक अन्य मुलुकमा पनि धितोपत्र बजार सञ्चालन गरिरहेको कम्पनीले समेत नयाँ स्टक एक्सचेन्जमा लगानी गर्न पाउँने व्यवस्था नियमावलीमा गरिएको छ । तर, १० वर्षदेखि धितोपत्र बजार सञ्चालन गरिरहेको र कानूनबमोजिम नेपालमा लगानी गर्न अनुमति पाएको कम्पनी वा संगठित संस्थाले लगानी गर्न पाउने व्यवस्था गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर