भायानेटको आकर्षक दसैँ अफर: अल्ट्रा-फाई ग्राहकले अब मेस राउटर प्राप्त गर्ने – Nepal Press

भायानेटको आकर्षक दसैँ अफर: अल्ट्रा-फाई ग्राहकले अब मेस राउटर प्राप्त गर्ने

काठमाडौं । दसैँमा ग्राहकलाई थप सुविधा दिने उद्देश्यले भायानेटले आकर्षक अफर ल्याएको छ । यो अफरअन्तर्गत अब भायानेटको अल्ट्रा-फाई इन्टरनेट जोड्ने ग्राहकहरूले नोकिया बिकन १.१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटर आफ्नो इन्टरनेट सदस्यतामै प्राप्त गर्न सक्नेछन् ।

यो अफर भायानेटको अल्ट्रा-फाई २०० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान मात्र रु. ९९९ प्रति महिनामा पाउन सकिने कम्पनीले जनाएको छ । यो प्याकेजमा आउने डुअल ब्यान्ड ओएनयू सँगै अब ग्राहकहरूले नोकियाको बीकन १.१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटरमध्ये एक छानेर राख्न पाउनेछन् ।

अतिरिक्त राउटर लिनका लागि ग्राहकले डिपोजिट शुल्क मात्र जम्मा गरे पुग्छ । मेस राउटरका लागि ४००० र एमआई ४.ए राउटरको लागि १५०० डिपोजिट गर्नुपर्नेछ ।

कम्पनीका अनुसार सस्तोमा घरभरि वाइफाइको कभरेज बढाउन मद्दत गर्ने उद्देश्यले यो अफर ल्याइएको हो । साथै भायानेटले वार्षिक सदस्यतामा मात्र १५० प्रति महिनामा भायाटिभी पनि उपलब्ध गराएको छ । यसरी भायाटिभी लिँदा ग्राहकले पहिलो सेट-टप-बक्स मात्र रु. ५०० डिपोजिट गरी प्राप्त गर्न सक्नेछन् ।

भायानेटको अल्ट्रा-फाई लाइन अप बजारमा उपलब्ध रहेको सबैभन्दा आकर्षक इन्टरनेट र टिभी प्याकेजमध्ये पर्दछन् । उच्च गतिको इन्टरनेट आवश्यकता भएका प्रयोगकर्ताहरूका लागि अल्ट्रा-फाई लाइन अप विशेष मानिएको छ ।

अहिले चलिरहेको अल्ट्रा-फाई लाइन अपको मुख्य विशेषता भनेको यसले ग्राहकलाई इन्टरनेटमात्रै वा इन्टरनेटसँगै टिभीका विभिन्न प्याकेजबाट छान्न पाउने सुविधा दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर