बुटवलमा हराएका तीन विद्यार्थी भारतको मुम्बईमा बेहोस अवस्थामा भेटिए – Nepal Press

बुटवलमा हराएका तीन विद्यार्थी भारतको मुम्बईमा बेहोस अवस्थामा भेटिए

रुपन्देही । तीन दिनअघि विद्यालय जान हिंडेका बुटवलका तीन तीन जना बालक भारतको मुम्बईमा बेहोस अवस्थामा फेला परेका छन्। शुक्रबार विद्यालय जान भनेर घरबाट हिँडेका उनीहरू शनिबार राति २ बजे मुम्बईको केरला स्टेशनमा भेटिएको र उनीहरुको बेहोस अवस्थामा रहेको हराएकामध्ये सागर पौडेलका मामा राजु पन्थीले नेपाल प्रेसलाई बताए ।

‘हराएका बालक विपिन लम्सालले बाबुहरुलाई त्यो स्टेशनमा भेटाएको खबर हामीलाई शनिबार राती २ बजे दिनुभयो, उनीहरुको होस खासै छैन रे, बडबडाजस्तो गरेका छन् रे, अब हामी यताबाट प्रहरीको पत्र बनाएर लिन जाँदैछौं’ उनले भने ।

बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी शुक्रबार नवीन औद्योगिक मावि कक्षा ९ मा पढ्ने दुई जना र नहरपुर मावि कक्षा ८ मा पढ्ने एक जनासँग विद्यालय जान भनी सँगै घरबाट निस्केका थिए।
तर, विद्यालयमा उनीहरू अनुपस्थित भएपछि परिवारजनले खोजी गरेका थिए।

बालकहरूले भने आफूहरू कसरी भारत आइपुगेको भन्ने केही थाहा नभएको अभिभावकलाई बताएका छन्।हराएका समीर लम्सालका बुबाले दिएको जानकारी अनुसार उनीहरुसँग केही झोलाहरु पनि भेटिएको छैन तर एकजनाको खल्तीमा १५ हजार रकम भेटिएको तर त्यो रकम कसले दियो भन्ने विषय नै अन्यौल भएको छ ।

समीर लम्सालका बुवाले सागर पौडेलका मामा राजुलाई दिएको जानकारी अनुसार उनीहरु ठूलो गिरोहबाट नै अपहरण भएको हुनसक्ने भएकाले प्रहरीको बसेको र यसको वास्तविक कारण पत्ता लगाउन नेपालको प्रहरीको साथ आवश्यक भएको बताएका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले अभिभावकले विद्यार्थी भेटिएको जानकारी दिएको र उनीहरुलाई सहज तरिकाले ल्याउन र यसको कारण पत्ता लगाउन अनुसन्धान थाएिको बताए ।

केही दिनयता तराईका विभिन्न जिल्लामा भारतीयहरुले विद्यार्थी अपहरण गरेर लैजान थालेको विषय सामाजिक सन्जालमा भाइरल बनिरहेका बेला बुटवलमा भएको यो विषयले विद्यार्थी तथा अभिभावलाई थप त्रसिद बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *