नदीमा अवैध उत्खनन् गर्ने जेसीबीसहितका सवारी नियन्त्रणमा – Nepal Press

नदीमा अवैध उत्खनन् गर्ने जेसीबीसहितका सवारी नियन्त्रणमा

काठमाडौं। मोरङ प्रहरीले नदीमा अवैध उत्खनन् गरेको भन्दै ८ वटा सवारी साधनसहित त्यसका चालकलाई नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएका साधनमा ४ वटा टिपर, ३ वटा ट्याक्टर र एउटा जेसीबी रहेको छ।

केराबारी गाउँपालिका–८ खदम खोला, सोही गाउँपालिकाको वडा–७ मा पर्ने मुगु खोला तथा सुन्दर हरैँचा नगरपालिका–५ मा पर्ने बुडी खोला र बेलबारी नगरपालिका(२ स्थित लोहन्द्रा खोलामा नदीजन्य गिटी बालुवाको अवैध उत्खनन् गरेको भन्दै ती साधन र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *