गृहमन्त्री खांणको वडामा एमालेको प्यानलै विजयी – Nepal Press

गृहमन्त्री खांणको वडामा एमालेको प्यानलै विजयी

रूपन्देही । गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खांणको वडामा नेकपा एमालेको प्यानलै निर्वाचित भएको छ।

रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ८ मा एमालेको प्यानल विजयी भएको हो । यो नगरपालिका मा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार रामकृष्ण खांण समेतको उक्त वडामा नेकपा एमालेले क्लिन स्वीप गरेको हो।

तिलोत्तमा नगरपालिकाको वडा नं ८ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र र जनमोर्चा समेतको गठबन्धनलाई हराउँदै नेकपा एमालेका उम्मेदवार कृष्ण पौडेल १ सय ८९ मतान्तरका साथ विजयी भएका छन्।

पौडेल २०७४ सालको स्थानीय तह निर्वाचनमा समेत नेपाली कांग्रेसका नगरसभापति हरिलाल पाण्डेलाई ५०७ मतको अन्तरले पराजित गरी वडाअध्यक्ष निर्वाचित भएका थिए।

३ हजार ४ सय ६८ मत खसेको उक्त वडाको वडाअध्यक्षमा नेकपा एमालेको प्यानलै बिजयी भएको छ। वडाअध्यक्षमा नेकपा एमालेका कृष्ण प्रसाद पौडेलले १ हजार ६१५ मत पाएर बिजयी हुँदा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका केशवराज अर्यालले १ हजार ४२६ मत पाए।

त्यसैगरी नेकपा एमालेका उम्मेदवारहरु महिला सदस्य कमला पराजुली, दलित महिला सदस्यमा सावित्रा दमाई र खुल्ला सदस्यमा कमलकान्त गौतम र खुमबहादुर खासु विजयी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर