नवनिर्वाचित जनप्रतिनिधि तथा प्रदेश इन्चार्ज र अध्यक्षलाई माओवादीले अभिमुखीकरण गर्ने – Nepal Press

नवनिर्वाचित जनप्रतिनिधि तथा प्रदेश इन्चार्ज र अध्यक्षलाई माओवादीले अभिमुखीकरण गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहका जनप्रतिनिधि र पार्टीका प्रदेश समितिका इन्चार्ज र अध्यक्षलाई अभिमुखिकरण तालिम सञ्चालन गर्ने भएको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक अभिमुखीकरण गर्ने निर्णय गरेको हो ।

पार्टीका तल्लो निकायहरुलाई परिपत्र जारी गर्दै जेठ १८ र १९ गते पार्टी अभिमुखिकरण गर्ने माओवादी केन्द्रले जनाएको छ । काठमाडौंमा सञ्चालन गरिने उक्त अभिमुखीकरणमा स्थानीय तह अभिमुखिकरण निर्देशिकाको मस्यौदा तयार गर्न ५ सदस्यीय कार्यदल समेत गठन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । अभिमुखिकरण निर्देशिकाको मस्यौदा तयार गर्नका लागि बनेको समितीम गिरिराजमणी पोखरेल, वर्षमान पुन, शक्तिबहादुर बस्नेत, उर्मिला अर्याल र प्रकाश विकल्प रहेको उनको भनाई छ ।

कार्यदलले जेष्ठ १६ गतेभित्र मस्यौदा तयार गरी केन्द्रीय कार्यालयमा पेश गर्ने र उक्त निर्देशिकालाई अभिमुखिकरण कार्यक्रममा वितरण गरिने बताइएको छ ।

अभिमुखीकरणमा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, नगरपालिका प्रमुख तथा उपप्रमुख र जिल्ला समन्वय समितीका प्रमुख उपप्रमुख सहित पार्टीका प्रदेश कमीटीका ईन्चार्ज र अध्यक्ष सहभागी हुने छन् । स्थानीय तह निर्वाचन २०७९ मा माओवादी केन्द्रले २५ नगरपालिका प्रमुख, ३३ उपप्रमुख, ९६ गाउँपालिका अध्यक्ष र ९५ गाउँपालिका उपाध्यक्षमा जीत हासील गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर