तुलसीपुर उपमहानगर पनि गठबन्धनले गुमाउँदै, मेयर र उपमेयरमा एमाले उम्मेदवारको जित सुनिश्चित – Nepal Press

तुलसीपुर उपमहानगर पनि गठबन्धनले गुमाउँदै, मेयर र उपमेयरमा एमाले उम्मेदवारको जित सुनिश्चित

दाङ । अनपेक्षित रूपमा घोराही उपमहानगरपालिका गुमाएको पाँचदलीय सत्ता गठबन्धनले दाङकै अर्को ठूलो तुलसीपुर उपमहानगरपालिका गुमाउने करिब पक्का भएको छ ।

मङ्गलवार अपराह्न ४ बजेसम्म मेयरमा एमालेका टिकाराम खड्काले २६ हजार ३७४ मत लिएर अग्रता कायम गरिरहेका छन् ।

खड्काले मतान्तर बढाउँदै २ हजार ५६ पुर्‍याएका छन् । गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीको २४ हजार ३१८ मत छ ।

कांग्रेसका गढ मानिएका वडामै अपेक्षित मत नआएपछि गठबन्धनमा निराशा देखिएको छ । यो उपमहानगरपालिका एमालेका महासचिव शंकर पोखरेलले मतदान गरेको स्थानीय तह हो भने कांग्रेसका प्रभावशाली नेता दीपक गिरीको निर्वाचन क्षेत्र पनि यही हो ।

उपमेयरमा एमालेकी स्यानी चौधरी करिब ८ हजार मतान्तरले अगाडि बढिसकेकी छन् । उपमेयरमा स्यानीले २६ हजार ५५ मत पाउँदा गठबन्धनबाट नेकपा एसका जोगबहादुर रानाले १८ हजार १४० मत पाएका छन् । मेयर र उपमेयरमा एमालेको जित सुनिश्चित भइसकेको छ ।

अहिले १७, १८ र १९ वडामा मतगणना भइरहेको छ । यहाँ १७ बाहेकका वडामा एमालेले फराकिलो मतान्तरले अघि बढिरहेको छ ।


प्रतिक्रिया

One thought on “तुलसीपुर उपमहानगर पनि गठबन्धनले गुमाउँदै, मेयर र उपमेयरमा एमाले उम्मेदवारको जित सुनिश्चित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर