पालिका प्रमुखदेखि वडा सदस्यसम्म कुन दलले कति-कति जिते ? – Nepal Press
चार सय स्थानीय तहको मतपरिणाम

पालिका प्रमुखदेखि वडा सदस्यसम्म कुन दलले कति-कति जिते ?

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन २०७९ को मतगणनाको परिणाम आउने क्रम जारी छ । बुधबार बिहानसम्म निर्वाचन आयोगले चार सय १३ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक गरेको छ ।

मेयरमा कांग्रेस ५२ र एमाले २८ विजयी

नगरपालिकामध्ये प्रमुख पदमा नेपाली कांग्रेसले ५४ स्थानमा जित हासिल गरेको छ भने ६२ स्थानमा अग्रता कायम गरेको छ । प्रमुख पदमा नै नेकपा (एमाले)ले २८ स्थानमा जित हासिल गरी ४७ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र)ले प्रमुख पदमा ९ स्थानमा जित र १४ स्थानमा अग्रता कायम गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले प्रमुख पदमा ६ स्थानमा मात्र जितेको छ भने ८ स्थानमा अग्रता कायम गरेको छ । अन्य राजीतिक दल तथा स्वतन्त्रले ५ स्थानमा विजय हासिल गरी २७ स्थानमा अग्रता कायम गरेका छन् ।

१३९ गाउँपालिका जितेर कांग्रेस पहिलो

गाउँपालिकाको अध्यक्ष पदमा भने नेपाली कांग्रेसले एक सय ३९ स्थानमा जित हासिल गरी ४३ स्थानमा अग्रता कायम गरेको छ । अध्यक्ष पदमा नै नेकपा (एमाले) ले ८९ स्थानमा जित हासिल गरी ३२ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले अध्यक्ष पदमा ७१ स्थानमा जित र १७ स्थानमा अग्रता कायम गरेको छ ।

जनता समाजवादी पार्टीले ५ स्थानमा जित हालिस गरेको छ भने १४ स्थानमा अग्रता लिइरहेको छ । अन्यले ११ स्थानमा विजय हासिल गरी १४ स्थानमा अग्रता कायम गरेका छन् ।

उपप्रमुखमा कांग्रेस ४४ र एमाले ३१ स्थानमा विजयी

उपप्रमुख पदमा नेपाली कांग्रेसले ४४ स्थानमा जित हासिल गरी ४९ स्थानमा अग्रता कायम गरेको छ । उपप्रमुख पदमा नेकपा (एमाले) ले ३१ स्थानमा जित हासिल गरी ६९ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले उपप्रमुख पदमा १५ स्थानमा जित र १५ स्थानमा अग्रता कायम गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले उपप्रमुख पदमा ४ स्थानमा जित र ६ स्थानमा अग्रता कायम गरेको छ । अन्य राजनीतिक दल तथा स्वतन्त्रले दुई स्थानमा विजय हासिल गरी २० स्थानमा अग्रता कायम गरेका छन् ।

गाउँपालिका अध्यक्षमा कांग्रेस १३५ र एमाले ८५ स्थानमा विजयी

गाउँपालिकाको उपाध्यक्ष पदमा भने नेपाली कांग्रेसले एक सय ३५ स्थानमा जित हासिल गरी ४९ स्थानमा अग्रता कायम गरेको छ । उपाध्यक्ष पदमा नै नेकपा (एमाले)ले ८५ स्थानमा जित हासिल गरी ३८ स्थानमा अग्रता कायम गरेको छ ।

नेकपा (माओवादी केन्द्र) ले उपाध्यक्ष पदमा ७२ स्थानमा जित र १५ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (एकीकृत समाजवादी)ले ९ स्थानमा जित र एक स्थानमा अग्रता कायम गरेको छ । अन्य राजनीतिक दल तथा स्वतन्त्रले ९ स्थानमा विजय हासिल गरी २२ स्थानमा अग्रता कायम गरेका छन् ।

कांग्रेसले १९ सय वडा अध्यक्ष जित्दा एमाले १५ सय

यस्तै मतगणना भइरहेका स्थानीय तहका वडाध्यक्ष पदमा नेपाली कांग्रेसले एक हजार ९ सय ११ मा जित हासिल गरी ९७ स्थानमा अग्रता कायम गरेको छ । वडा अध्यक्ष पदमा नै नेकपा (एमाले)ले एक हजार ५ सय स्थानमा जित हासिल गरी एक सय २ स्थानमा अग्रता कायम गरेको छ ।

नेकपा (माओवादी केन्द्र) ले वडाध्यक्ष पदमा ८ सय ७ स्थानमा जित र ३२ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले वडा अध्यक्ष पदमा नै एक सय ४३ स्थानमा जित र १५ स्थानमा अग्रता कायम गरेको छ । अन्यले ४ सय ३ स्थानमा विजय हासिल गरी २१ स्थानमा अग्रता कायम गरेका छन् ।

महिला सदस्य पदमा नेपाली कांग्रेसले एक हजार आठ सय ८८ मा जित हासिल गरी एक सय ९४ स्थानमा अग्रता कायम गरेको छ । महिला सदस्य पदमा नै नेकपा (एमाले)ले एक हजार ६ सय स्थानमा जित हासिल गरी एक सय २० स्थानमा अग्रता कायम गरेको छ ।

नेकपा (माओवादी केन्द्र)ले महिला सदस्य पदमा सात सय ५१ स्थानमा जित र ३५ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले महिला सदस्य पदमा नै एक सय ४८ स्थानमा जित र १७ स्थानमा अग्रता कायम गरेको छ । अन्य राजनीतिक दल तथा स्वतन्त्रबाट ३ सय ६० स्थानमा विजय हासिल गरी १७ स्थानमा अग्रता कायम गरेका छन् ।

दलित महिला सदस्यमा कांग्रेसबाट १८ सय निर्वाचित

दलित महिला सदस्य पदमा नेपाली कांग्रेसले एक हजार ८ सय २५ स्थानमा जित हासिल गरी एक सय स्थानमा अग्रता कायम गरेको छ । दलित महिला सदस्य पदमा नै नेकपा (एमाले)ले एक हजार ५ सय ८० स्थानमा जित हासिल गरी एक सय १२ स्थानमा अग्रता कायम गरेको छ ।

नेकपा (माओवादी केन्द्र)ले दलित महिला सदस्य पदमा सात सय ६५ स्थानमा जित र ३० स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले दलित महिला सदस्य पदमा नै एक सय ५० स्थानमा जित र १५ स्थानमा अग्रता कायम गरेको छ । अन्य राजनीतिक दल तथा स्वतन्त्रले तीन सय ५० स्थानमा विजय हासिल गरी १५ स्थानमा अग्रता कायम गरेका छन् ।

खुला सदस्यमा ३८ सय कांग्रेसले जित्दा एमालेबाट ३२ सय निर्वाचित

वडा सदस्य पदमा नेपाली कांग्रेसले तीन हजार ८ सय स्थानमा जित हासिल गरी एक सय स्थानमा अग्रता कायम गरेको छ । वडा सदस्य पदमा नै नेकपा (एमाले) ले तीन हजार २ सय ५० स्थानमा जित हासिल गरी एक सय स्थानमा अग्रता कायम गरेको छ ।

नेकपा (माओवादी केन्द्र)ले पनि वडा सदस्य पदमा एक हजार ४ सय १० स्थानमा जित र २५ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले ३ सय स्थानामा जित र १५ स्थानमा अग्रता कायम गरेको छ । अन्य राजनीतिक दल तथा स्वतन्त्रले ७ सय ५५ स्थानमा विजय हासिल गरी १५ स्थानमा अग्रता कायम गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर