लमजुङको दोर्दी गाउँपालिकामा पूर्वसांसदलाई हराउँदै एमालेका युवराज विजयी – Nepal Press

लमजुङको दोर्दी गाउँपालिकामा पूर्वसांसदलाई हराउँदै एमालेका युवराज विजयी

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा नेकपा एमालेले गठबन्धनलाई पराजित गरेको छ । अध्यक्षमा एमालेका युवराज अधिकारी ४,७३८ मत ल्याई विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका लालबहादुर गुरुङलाई ८७ मतान्तरले पराजित गरेका हुन् । पराजित गुरुङले ४,६५१ मत ल्याएका छन् । अध्यक्षमा पराजित गुरु संविधानसभा सदस्य हुन् ।

उपाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका बिच्छबहादुर घले ४९५८ मतसहित विजयी भएका छन् । घलेका निकटतम प्रतिद्वन्द्वी एमालेकी उषा गुरुङले ४१९० मत पाएकी छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर