बुटवलको मेयर र उपमेयरमा मतान्तर फराकिलाे बनाउँदै कांग्रेसका पाण्डे र एमालेकी अर्याल – Nepal Press

बुटवलको मेयर र उपमेयरमा मतान्तर फराकिलाे बनाउँदै कांग्रेसका पाण्डे र एमालेकी अर्याल

रुपन्देही । बुटवल उपमहानगरपालिकामा ५ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । जारी मतगणनाअनुसार पाण्डेले १० हजार ६११ मत प्राप्त गर्दै अग्रता बढाउँदै लगेका हुन् ।

नेकपा एमालेका प्रत्यासी बाबुराम भट्टराईले ७ हजार ८२ मत पाएका छन् । भट्टराई पाण्डेभन्दा ३ हजार ३२९ मतले पछि छन् । मेयरमै राप्रपाका मृगेन्द्र शेरचनले २०६४ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेकपा एमालेकी सबित्रा अर्यालले गठबन्धनका चीनबहादुर गुरुङलाई २२२१ मतले पछि पारेकी छन् । अर्यालले ७ हजार ७७३ मत पाउँदा गुरुङले ५ हजार ६८२ मत ल्याएका छन् । उपमेयरमै राप्रपाकी भगवती पाण्डे सैजुले २३६३ मत प्राप्त गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर