बालेन १० हजार नजिक, स्थापितले बल्ल ५ हजार कटाए – Nepal Press
काठमाडौं महानगर

बालेन १० हजार नजिक, स्थापितले बल्ल ५ हजार कटाए

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह १० हजार मतको नजिकै पुग्दा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार मत कटाएका छन् ।

मतगणनाको पछिल्लो परिणाम अनुसार साहले ९ हजार ६ सय ५ मतसहित अग्रता कायमै राखेका छन् । दोस्रो स्थानमा रहेका स्थापितले ५ हजार १ सय ४ मत ल्याएका छन् । बालेनले स्थापितविरुद्ध ४ हजार ५ सय १ मतको अन्तर बनाएका छन् ।

तेस्रो स्थानमा रहेकी गठबन्धन तर्फबाट कांग्रेसकी सिर्जना सिंहले ४ हजार ४ सय ८३ मत ल्याएकी छिन् ।


प्रतिक्रिया

One thought on “बालेन १० हजार नजिक, स्थापितले बल्ल ५ हजार कटाए

  1. काठमाडौं महानगरपालिकाको मतदाताको नकारात्मक चैतन्यले पर्दा पछाडिको निर्देशक र निर्माता चिन्न सकेनन्, कालो चश्माभित्र के छ देखेनन्।
    सकारात्मक चैतन्यको विकासमा राजनीतिक दलहरूले भूमिका बढाउनु पर्ने देखियो। समस्या मतदाताहरूमा मात्र होइन, राजनीतिक नेतृत्व र कार्यकर्तामा पनि उत्तिकै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर