पाल्पाको तानसेनमा दुई पत्रकारले जिते वडाध्यक्ष – Nepal Press

पाल्पाको तानसेनमा दुई पत्रकारले जिते वडाध्यक्ष

रुपन्देही । पाल्पाको तानसेन नगरपालिकाका दुई वटा वडाअध्यक्षमा पत्रकार निर्वाचित भएका छन् ।

तानसेन नगरपालिकाको वडा नं ८ मा सोमनाथ अर्याल र वडा नं २ मा राजेशकुमार अर्याल निर्वाचित भएका हुन् ।

उनीहरू दुवैजना नेकपा एमालेबाट वडाअध्यक्षको उम्मेदार बनेका थिए । वडा नं ८ बाट निर्वाचित ७२ वर्षीय सोमनाथ ८ सय २३ मत प्राप्त गरेर वडाध्यक्षमा निर्वाचित भएका हुन् । यो वडामा एमालेको प्यानल नै विजयी भएको हो । उनी अहिले पनि महासंघको सदस्य छन् ।

त्यसैगरी वडा नं २ बाट निर्वाचित राजेश नेपाल पत्रकार महासंघ पाल्पाका निवर्तमान अध्यक्ष राजेश पत्रकार महासंघ पाल्पाको निवर्तमान जिल्ला अध्यक्ष हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर