फेदीखोला गाउँपालिकामा गठबन्धन पराजित गर्दै एमाले विजयी, घनश्याम दोस्रोपटक अध्यक्ष – Nepal Press

फेदीखोला गाउँपालिकामा गठबन्धन पराजित गर्दै एमाले विजयी, घनश्याम दोस्रोपटक अध्यक्ष

स्याङजा । स्याङ्जाको फेदीखोला गाउँपालिकामा एमालेले विजय हासिल गरको छ । गठबन्धनलाई हराउँदै एमालेका अध्यक्ष उम्मेदवार घनश्याम सुवेदी ३,८३६ मत ल्याई विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार लक्ष्मीप्रसाद बराललाई १३२ मतान्तरले पराजित गरेका हुन् ।

पराजित लक्ष्मीप्रसाद बरालले ३,७०४ मत ल्याएका छन् । उपाध्यक्षमा पनि एमालेकै देउकुमारी गुरुङ ३९७८ मतसहित विजयी भएकी छन् । गठबन्धनका माओवादी उम्मेदवार शिवप्रसाद पराजुली २३७९ मतमा रोकिएका छन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर