एक हजार ५० वडा जितेर कांग्रेस पहिलो, ८ सय ५० वडाध्यक्षसहित एमाले दोस्रो – Nepal Press

एक हजार ५० वडा जितेर कांग्रेस पहिलो, ८ सय ५० वडाध्यक्षसहित एमाले दोस्रो

काठमाडौं । मुलुकभरका ६ हजार सात सय ४३ वडामध्ये २ हजार ८ सय ५४ वडाको नजिता आउँदा सबैभन्दा अग्रस्थानमा नेपाली कांग्रेस देखिएको छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार नेपाली कांग्रेसले एक हजार ६५ वडा अध्यक्षमा विजय हासिल गरेको छ भने ८८ वडामा अग्रता कायम गरिरहेको छ ।

दोस्रोमा नेकपा एमाले ८ सय २० वडामा विजयी भएको छ भने उसको ९५ वडामा अग्रता कायम छ ।

त्यस्तै नेकपा (माओवादी केन्द्र)ले ४ सय ५६ वडा अध्यक्ष जितेको छ भने ३९ वडामा अग्रता लिएको छ । अन्य विभिन्न राजनीतिक दल तथा स्वतन्त्रबाट गरेर एक सय ७७ वडा अध्यक्षमा निर्वाचित भएका छन् भने उनीहरुको ४३ वडामा अग्रता कायम रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर