हेटौँडामा समाजवादी अघिअघि, राप्रपा पछिपछि, एमाले तेश्रो – Nepal Press

हेटौँडामा समाजवादी अघिअघि, राप्रपा पछिपछि, एमाले तेश्रो

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको जारी मतगणनामा पाँच दलीय गठवन्धनको तर्फबाट मेयरकी उम्मेदवार नेकपा एकिकृत समाजवादीकी मिना लामाले आग्रता जारी राखेकी छन् ।

१३४९५ मत गन्दा लामाले ४१३५ मत प्राप्त गरेकी छन् । केही मय अघिसम्म पहिलो स्थानमा रहेका राप्रपाका दिपक बहादुर सिंह दोश्रो स्थानमा झरेका छन् । उनले ३९४५ मत प्राप्त गर्दा एमालेका अनन्तप्रसाद पौडेलले ३५५२ मत प्राप्त गरेका छन् ।

हेटौँडामा हालसम्म वडा नंबर १ र १९ को मतगणना सम्पन्न भैसकेको छ । जसमा वडा नंबर १ मा नेपाली कांग्रेसका सविन न्यौपाने तथा वडा नंबर १९ मा नेकपा एमालेका नरनाथ सुवेदी विजयी भएका छन् । हाल वडा नंबर १८, २, ३ र ४ को मतगणना जारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर