खोटाङको केपिलासगढीमा कांग्रेस विजयी, उपाध्यक्ष जसपाले जित्यो – Nepal Press

खोटाङको केपिलासगढीमा कांग्रेस विजयी, उपाध्यक्ष जसपाले जित्यो

दिक्तेल । खोटाङको केपिलासगढी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । यहाँ उपाध्यक्ष भने जनता समाजवादीले जितेको छ ।

केपिलासगढी अध्यक्षमा २२४४ मत ल्याएर कांग्रेसका समिर राई विजयी बने । निकटतम प्रतिद्वन्द्वी नेकपा एसका माइतिराजले १८०८ मत ल्याए ।

त्यस्तै उपाध्यक्षमा १९८३ मत ल्याएर जसपाका गुरुराज राईले जित हासिल गरे । एमालेकी मैया सुनुवारले १७६१ मत ल्याइन् ।

अघिल्लो चुनावमा यो पालिका एमालेले जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर