ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानलै विजयी – Nepal Press

ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानलै विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको भक्तपुरको सूर्यविनायक नगरपालिका– २ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।

यहाँको वडाध्यक्षमा कांग्रेसका उम्मेदवार प्रदीप कार्की १ हजार ५११ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका विश्वराज विष्टले १ हजार ३०५ मत पाए ।

त्यस्तै वडा सदस्यहरुमा रन्जिता तिखात्री, कल्पना खतिवडा, जनार्दन खड्का र भगत रानाभाट विजयी भएका छन् ।


प्रतिक्रिया

One thought on “ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानलै विजयी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर