हुम्लाको ताँजकोटमा गठबन्धन विजयी, माओवादीका लालकेश बने अध्यक्ष – Nepal Press

हुम्लाको ताँजकोटमा गठबन्धन विजयी, माओवादीका लालकेश बने अध्यक्ष

काठमाडौं । हुम्लाको ताँजकोट गाउँपालिकामा गठबन्धन विजयी भएको छ । अध्यक्षमा माओवादी केन्द्रका लालकेश जैसीले १८१० मत ल्याएर एमालेका अजमल बुढालाई पराजित गरेका छन् । बुढा ९९५ मतमा रोकिए ।

यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका सुरेन्द्रबहादुर थापा १३९१ मतका साथ विजयी भएका छन् । उनले एमालेका रुपचन्द्रा ऐडीलाई पाराजित गरेका हुन् । ऐडीले ४७७ मत ल्याइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर