भुइँकटहरले मत काटेपनि चुनाव जित्नेमा ढुक्क छु : रेनु दाहाल – Nepal Press

भुइँकटहरले मत काटेपनि चुनाव जित्नेमा ढुक्क छु : रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरको उम्मेदवार रहेकी माओवादी नेतृ रेनु दाहालले प्रारम्भिक मतगणनामा सोचेजति मत नआएको बताएकी छिन् ।

मतगणनास्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै दाहालले २ वटा वडाको मात्रै मतगणना जारी रहेको भन्दै भुइँकटहरले गठबन्धनको मत काटेको बताइन् ।

‘ठ्याक्कै सोचेजस्तो त भएन । कांग्रेसको स्वतन्त्र उम्मेदवारले भुइँकटहरबाट चुनाव लड्नुभएकोले गठबन्धन मत काट्नुभएको छ तर पनि मेरो अवस्था सुदृढ छ’, दाहालले भनिन् ।

उनले भरतपुरको ६, ८, ९ र पश्चिमचितवनका वडाहरुमा गठबन्धनले अग्रता बढाउने दाबी गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर