वीरगञ्ज महानगरमा बदर मत प्रतिशत बढ्दो – Nepal Press

वीरगञ्ज महानगरमा बदर मत प्रतिशत बढ्दो

काठमाडौं । वीरगञ्ज महानगरपालिकामा ७ हजार एक सय ५८ मत गणना हुँदा करिब ३५ प्रतिशत मत बदर भएको छ । यहाँ २ हजार ८ सय २ मत बदर भएको हो । महानगरमा कुल ९३ हजार २ सय ९१ मत खसेको थियो ।

पछिल्लो मत परिणामअनुसार जनता समाजवादी पार्टीका राजेशमान सिंह निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार सरावगीभन्दा दोब्बर मतले अगाडि छन् ।

७ हजार १ सय ३८ मत गन्दा सिंहले एक हजार ८ सय १० ल्याउँदा सरावगीले ७ सय ४७ मत ल्याएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर