भक्तपुरको सूर्यविनायकमा उपमेयरमा सत्ता गठबन्धनलाई राप्रपाले उछिन्यो – Nepal Press

भक्तपुरको सूर्यविनायकमा उपमेयरमा सत्ता गठबन्धनलाई राप्रपाले उछिन्यो

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाको उपमेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्ता गठबन्धनलाई पछि पारेको छ । यहाँ नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले तालमेल गरेको छ ।

जसअनुसार मेयरमा गठबन्धनबाट कांग्रेसका निशान ढुंगेलले अग्रता कायमै राख्दा उपमेयरमा नेकपा एसका श्याम बस्नेत तेस्रो स्थानमा पुगेका छन् ।

मेयरमा दोस्रो रहेको एमालेले उपमेयरमा अग्रता बढाउँदै आएको छ । एमालेकी सरिता भट्टराई १३४८ मतसहित पहिलो स्थानमा रहँदा राप्रपाका प्रवीण ढुंगेल ८४६ मतसहित दोस्रो स्थानमा उक्लिएका छन् । गठबन्धनबाट नेकपा एसका बस्नेत ढुंगेलभन्दा ३५ मतले पछि परेका छन् ।

सूर्यविनायक नपा २ वडाको मत गणना जारी रहँदा मेयरमा कांग्रेस ढुंगेलले १६२६ मत ल्याएर अगाडि छन् । एमालेका वासुदेव थापाले १३४६ मत ल्याएका छन् । यहाँ राप्रपाकी मेयर उम्मेदवार राधिका रानाभाट ५६७ मत ल्याएर तेस्रो स्थानमा रहेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर