काठमाडौंका सबै वडामा बालेनको लिड, स्थापितभन्दा १४६५ मतले अगाडि – Nepal Press

काठमाडौंका सबै वडामा बालेनको लिड, स्थापितभन्दा १४६५ मतले अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता जारी राखेका छन् । प्राप्त पछिल्लो विवरणअनुसार उनी आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा १४६५ मतले अगाडि छन् ।

हाल काठमाडौंको वडा नम्बर १, २, ३, ४, ३१ र ३२ नम्बरको मतगणना भइरहेको छ । यी सबै वडामा बालेनले लिड गरिरहेका छन् । उनको कुल मत ३११० पुगेको छ ।

दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले १६४५ मत ल्याउँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले १६०२ मत ल्याएकी छन् । स्थापित र सिर्जनाबीच ४३ भोटको मात्रै अन्तर छ ।

बालेनलाई सबैभन्दा बढी भोट ३२ नम्बर वडामा आएको छ । यहाँबाट उनले ६८२ भोट ल्याउँदा स्थापित र सिंहले क्रमशः ३३७ र २९६ भोट ल्याएका छन् ।

यस्तै वडा नम्बर १ मा बालेनले ६२५ भोट ल्याउँदा स्थापितले २९० र सिंहले ३७७ भोट ल्याएकी छन् । वडा नम्बर २ मा बालेनको ६७३, स्थापितको ४३२ र सिंहको २६४ भोट आएको छ ।

यसैगरी वडा नम्बर ३ मा बालेनले ४३५, स्थापितले २४५ र सिंहले ३२२ भोट ल्याइन् । वडा नम्बर ४ मा बालेनले ६४६, स्थापितले २३० र सिंहले ३०१ भोट ल्याएका छन् । सबैभन्दा पछि वडा नम्बर ३१ को मतगणना सुरु भएको छ । यसमा अहिलेसम्म बालेनको ४९ भोट आएको छ भने स्थापित र सिंहले क्रमशः ३२ र ४२ भोट ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर