२१ पालिकाको नतिजा आउँदा एमाले- कांग्रेस बराबर, माओवादी र नेकपा एसको कति ? (सूचीसहित) – Nepal Press

२१ पालिकाको नतिजा आउँदा एमाले- कांग्रेस बराबर, माओवादी र नेकपा एसको कति ? (सूचीसहित)

काठमाडौं । स्थानीय निर्वाचनअन्तर्गत हालसम्म २१ स्थानीय तहको मत गणना सकिँदा नेकपा एमाले र नेपाली कांग्रेस बराबरीमा रोकिएका छन् । हालसम्म एमालेले ८ र नेपाली कांग्रसले ८ पालिका जितेका छन् ।

३ पालिका प्रमुख जितेर माओवादी केन्द्र दोस्रोमा छ भने नेकपा एकीकृत समाजवादी २ पालिका प्रमुख जितेर तेस्रो छ ।

एकीकृत समाजवादीले डोल्पाका दुई गाउँपालिका निर्विरोध जितेबाहेक अन्यत्र सफलता पाएको छैन ।

नेकपा एमालेले प्रमुख जितेका स्थानीय तह

१. से फोक्सुण्डो गाउँपालिका – डोल्पा

२. चामे गाउँपालिका – मनाङ

३. ङिस्याङ गाउँपालिका- मनाङ

४. घेकर दामोदरकुण्ड गाउँपालिका – मुस्ताङ

५. लोमन्थाङ गाउँपालिका- मुस्ताङ

६. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका-मुस्ताङ

७. खुम्बु पासाङल्हामु गाउँपालिका- सोलुखुम्बु

८. साइपाल गाउँपालिका-बझाङ

नेपाली कांग्रेसले प्रमुख जितेका स्थानीय तह

१. नार्पाभूमी – मनाङ

२. घरपोझोङ – मुस्ताङ

३. नासो गाउँपालिका-मनाङ

४. गुल्मी दरबार गाउँपालिका, गुल्मी

५. गन्यापधुरा गाउँपालिका, डडेलधुरा

६. रेसुङ्गा नगरपालिका, गुल्मी

७. खार्पुनाथ गाउँपालिका, हुम्ला

८. बडिकेदार गाउँपालिका, डोटी

माओवादी केन्द्रले जितेका स्थानीय तह

१. जगदुल्ला गाउँपालिका- डोल्पा

२. नौमुले गाउँपालिका- दैलेख

३. ताराखोला गाउँपालिका, बागलुङ

नेकपा एकीकृत समाजवादीले प्रमुख जितेका स्थानीय तह

१. काइके गाउँपालिका – डोल्पा

२. छार्का साङतोङ गाउँपालिका – डोल्पा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर