सिद्धार्थनगर- १ मा जसपा र २ मा राप्रपा विजयी, मेयरमा कांग्रेस अगाडि – Nepal Press

सिद्धार्थनगर- १ मा जसपा र २ मा राप्रपा विजयी, मेयरमा कांग्रेस अगाडि

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको वडानम्बर १ र २ को मतगणना सकिएको । वडानम्बर १ मा जनता समाजवादी पार्टीका उज्वल पोखरेल विजयी भएका छन ।

पोखरेलले ७ सय ५८ मत ल्याएर विजयी भएभने उनका निकटतम प्रतिद्वन्द्व नेपाली कांग्रेसका यामबहादुर थापाले ७ सय ३० मत प्राप्त गरे । यसैगरी वडा नम्बर २ मा १ हजार ८ सय ४५ मतमा राष्ट्रिय प्रजातन्त्र पार्टीका छेदीलाल श्रीवास्तव ४ सय ४३ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्व नेकपा एसका सुशिलकुमार पुनले ४ सय ३६ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

सिद्धार्थनगर नगर पालिकाको प्रमुख पदका लागि नेपाली कांग्रेसका ईस्तियाक अहमद खाँनले मतान्तर बढाएका छन् । ४ हजार २ सय ४१ मत गणना हुँदा खाँनले १ हजार ७ सय ४६ मत प्राप्त गरेका छन भने उनलाई राप्रपाका सागर प्रताप राणाले १ हजार १ सय ४६ मतले पछ्याई रहेका छन् । प्रमुख पदकै लागी नेकपा एमालेले ६ सय ५३ मत र जसपाले ३ सय ८७ मत प्राप्त गरेको छ ।

उप–प्रमुख पदमा राप्रपाकी बिनिता गुप्ताले अग्रता लिएकी छन । गुप्ताले १ हजार ५० मत प्राप्त गर्दा नेकपा माओवादीका तर्फबाट गठबन्धनकी उम्मेदवार कमला थापाले ८ सय ९४ मत ल्याउँदै अहिले दोश्रो स्थानमा रहेकी छन् ।

यस्तै नेकपा एमालेकी उमा अधिकारीले ८ सय ४९ मत र जसपाकी आश्मा खातुनले ६ सय ४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर