जोशी समूहका मेयर उम्मेदवार कुटिएको ब्यास नगरपालिकाको रिस्तीमा पुनः मतदान हुने – Nepal Press

जोशी समूहका मेयर उम्मेदवार कुटिएको ब्यास नगरपालिकाको रिस्तीमा पुनः मतदान हुने

तनहुँ । तनहुँको व्यास नगरपालिकाको वडा नम्बर ८ मा पुनः मतदान हुने भएको छ ।

निर्वाचन आयोगले सो वडा अन्तर्गत गा.वि.स. भवन फेदी (क) र (ख) को मतदान केन्द्रमा बैशाख ३० मा भएको मतदान कार्य रद्द गरेको छ । अब जेठ ४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म ती मतदान केन्द्रमा पुनः मतदान हुने तनहुँको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सो मतदान केन्द्रमा नेपाली कांग्रेसका कार्यकर्ता र स्वतन्त्र उम्मेदवारको समूहबीच झडप भएको थियो ।

झडपका क्रममा स्वतन्त्र उम्मेदवार दीपक जोशी घाइते भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर