१२ स्थानीय तहको नतिजा आउँदा ६ पालिका जितेर एमालेको अग्रता, कुन दलको कति (सूचीसहित) – Nepal Press

१२ स्थानीय तहको नतिजा आउँदा ६ पालिका जितेर एमालेको अग्रता, कुन दलको कति (सूचीसहित)

काठमाडौं । स्थानीय निर्वाचनअन्तर्गत हालसम्म १२ स्थानीय तहको मत गणना सकिँदा नेकपा एमालेले ६ वटा पालिका प्रमुख जितेर अग्रता लिएको छ ।

निर्विरोध र निर्वाचित गरी नेकपा एमालेले ६ स्थानीय तहको प्रमुख जितेको हो । नेपाली कांग्रेसले ३ स्थानीय तहमा प्रमुख जितेको छ । त्यस्तै नेकपा एसले डोल्पाका २ गाउँपालिकामा निर्विरोध प्रमुख जितेको छ ।

डोल्पामै माओवादी केन्द्रले एक पालिका प्रमुख जितेको छ ।

नेकपा एमालेले प्रमुख जितेका स्थानीय तह
१. से फोक्सुण्डो गाउँपालिका – डोल्पा
२. चामे गाउँपालिका – मनाङ
३. ङिस्याङ गाउँपालिका– मनाङ
४. घेकर दामोदरकुण्ड गाउँपालिका – मुस्ताङ
५. लोमन्थाङ गाउँपालिका–मुस्ताङ
६. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका–मुस्ताङ

नेपाली कांग्रेसले प्रमुख जितेका स्थानीय तह
१. नार्पाभूमी – मनाङ
२. घरपोझोङ – मुस्ताङ
३. नासो गाउँपालिका–मनाङ

नेकपा एकीकृत समाजवादीले प्रमुख जितेका स्थानीय तह
१.काइके गाउँपालिका – डोल्पा
२. छार्का साङतोङ गाउँपालिका – डोल्पा

माओवादी केन्द्रले जितेका स्थानीय तह
१. जगदुल्ला गाउँपालिका–डोल्पा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर