काठमाडौं अपडेट : स्थापितभन्दा बालेन ३७ भोटले अगाडि, वडा नम्बर २ मा पनि गणना सुरु – Nepal Press

काठमाडौं अपडेट : स्थापितभन्दा बालेन ३७ भोटले अगाडि, वडा नम्बर २ मा पनि गणना सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेनले अग्रता कायम राखेका छन् । वडा नम्बर १ र ३२ सँगै अहिले वडा नम्बर २ को पनि मत गणना सुरु भएको छ ।

पछिल्लो अवस्थामा स्वतन्त्र उम्मेदवार बालेन पहिलो, एमालेका केशव स्थापित दोस्रो र कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा छिन् ।

हालसम्म ६८० मतको गणना भइसकेको छ, जसमा बालेनले २१६ मत ल्याएका छन् ।

स्थापितले १७९ मत ल्याउँदा सिर्जनाको मत १४१ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर