लोमन्थाङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडामा एमाले विजयी – Nepal Press

लोमन्थाङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडामा एमाले विजयी

काठमाडौं । मुस्ताङको लोमन्थाङ गाउँपालिकामा नेकपा एमालेले विजय हासिल गरेको छ । एमालेका अध्यक्ष उम्मेदवार टसी न्हुर्व गुरुङ ६६८ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका टसी गुरुङले ५१४ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा पनि एमालेकै छुमी विष्ट गुरुङ निर्वाचित भएकी छन् । उनले ६३२ मत प्राप्त गर्दा कांग्रेसकी ढोका गुरुङ ५२९ मतमा रोकिएका छ्न् ।

गाउँपालिकाका ५ मध्ये ३ वटा वडामा एमाले र दुईवटामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । योसँगै एमालेले मुस्ताङका दुई गाउँपालिकासहित समग्रमा ६ पालिका जितेर पहिलो स्थान ओगटेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर