धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता – Nepal Press

धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता

कैलाली । सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवाती अग्रता लिएका छन्।

एक सय मतगणना हुँदा हमालले ५५ मत पाएका छन्। यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले २२, नेकपा एमालेका रणबहादुर चन्दले २ मत पाएका छन्।

२१ मत बदर भएको छ। यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले अग्रता कायम गरेकी छन्   ।

उपमेयरमा गठबन्धनको उम्मेदवार अधिकारीले ४० मत पाउँदा एमाले उम्मेदवार कन्दकला रानाले १० मत पाएकी छिन । स्वतन्त्र उम्मेदवारले २० मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर