माओवादी केन्द्रले खाता खोल्यो, जगदुल्लाको अध्यक्ष-उपाध्यक्षमै जित – Nepal Press

माओवादी केन्द्रले खाता खोल्यो, जगदुल्लाको अध्यक्ष-उपाध्यक्षमै जित

डोल्पा । नेकपा माओवादी केन्द्रले स्थानीय तहको नेतृत्वमा खाता खोलेको छ । डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नरसिंह रोकाय विजयी भएका छन् । उपाध्यक्षमा माओवादी केन्द्रकै अमृता बोहरा विजयी भइन् ।

जगदुल्लामा कांग्रेस, एमाले र एकीकृत समाजवादीले माओवादीविरुद्ध गठबन्धन गरेका थिए । अध्यक्षमा माओवादी उम्मेदवार रोकायले ७ सय ७० मत ल्याउँदा नेकपा एमालेका हेमबहादुर महताराले ७ सय ४६ मत प्राप्त गरे ।

उपाध्यक्षमा माओवादी केन्द्रकी अमृता बोहराले ७ सय ५ढ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेकी चन्द्रावती थापाले ७ सय ४९ मत ल्याइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर