भरतपुर : रेनु र विजयबीच उछिनपाछिन – Nepal Press

भरतपुर : रेनु र विजयबीच उछिनपाछिन

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी र नेकपा एमालेको कडा टक्कर देखिएको छ । माओवादीकी रेनु दाहाल र एमालेका विजय सुवेदी एक-अर्कालाई पालैपालो उछिनपाछिन गरिरहेका छन् ।

हालसम्म ५५ भोटको गणना भइसक्दा एमालेका सुवेदी अगाडि आएका छन् । उनले २३ भोट ल्याउँदै रेनुलाई पछि धकेलेका हुन् । रेनुको १९ भोट छ । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७ भोट ल्याएका छन् । अहिलेसम्म ६ भोट बदर भएको छ ।

यस महानगरपालिकामा सत्तारुढ पाँच दलको गठबन्धनका तर्फबाट रेनु मेयरको उम्मेदवार हुन् । कांग्रेसका बागी उम्मेदवारले उनलाई अप्ठेरोमा पार्नसक्ने अनुमान भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर