भरतपुरमा टक्कर, २८ मत गन्दा रेनुले विजयलाई उछिनिन् – Nepal Press

भरतपुरमा टक्कर, २८ मत गन्दा रेनुले विजयलाई उछिनिन्

काठमाडौं । काठमाडौंपछिको चासोको क्षेत्र भरतपुर महानगरपालिकाको मतगणना जारी रहँदा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच प्रतिस्पर्धा देखिएको छ । हालसम्म २८ भोटको गणना हुँदा सुवेदीभन्दा रेनु १ भोटले अगाडि छिन् ।

स्रोतबाट प्राप्त विवरणअनुसार रेनुले १२ भोट र विजयले ११ भोट ल्याएका छन् ।

कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलको पक्षमा १ भोट खसेको छ । अन्य उम्मेदवारहरुले अहिलेसम्म भोटको खाता खोल्न सकेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर