मनाङका चार वटै स्थानीय तहको नतिजा सार्वजनिकः एमाले र कांग्रेसले जिते २-२ तह – Nepal Press

मनाङका चार वटै स्थानीय तहको नतिजा सार्वजनिकः एमाले र कांग्रेसले जिते २-२ तह

काठमाडौं । चार वटा गाउँपालिका रहेको मनाङमा सबै स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार नेकपा एमाले र नेपाली कांग्रेसले दुई-दुई गाउँपालिका अध्यक्षमा विजयी भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेसबाट जिल्लाको नार्पा भूमि गाउँपालिका अध्यक्षमा कोन्जो तेन्जिङ लामा १५८ मत ल्याएर विजयी भएका छन् । नासों गाउँपालिकाको अध्यक्षमा कांग्रेसकै धनबहादुर गुरुङ ८२० मतले निर्वाचित भएका छन् ।

एमालेबाट चामे गाउँपालिकाको अध्यक्षमा लोकेन्द्रबहादुर घले ३३० मत ल्याएर विजयी भएका छन् । मनाङ ङिस्याङ गाउपालिकाको अध्यक्षमा एमालेकै कान्छा घले ८६१ मत ल्याएर विजयी भएका हुन् ।

चार गाउँपालिकाको उपाध्यक्षमा प्रमुख तीन पार्टीका एक-एक जना निर्वाचित भएका छन् । बाँकी एक जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । जिल्लाको चामे गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका मिङमार ढोमा लामा ३३५ मत ल्याएर विजयी भएका छन् । नासों गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका बेदबहादुर गुरुङ ९१३ मत ल्याएर विजयी भए ।

यस्तै मनाङ ङिस्याङ गाउपालिकाको उपाध्यक्षमा स्वतन्त्रबाट छिरिङ गुरुङ ७४४ मत ल्याएर विजयी भएका छन् । नार्पा भूमि गाउँपालिकाको उपाध्यक्षमा एमालेका मेङमर फुन्चो लामा निर्विरोध निर्वाचित भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर