विराटनगरको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता – Nepal Press

विराटनगरको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता

मोरङ । विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धन तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले प्रारम्भिक अग्रता लिएका छन् ।

पहिलो ८ सय मत गन्दा कोइरालाले २ सय ६९ मत ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार सागरकुमार थापाले १ सय ८१ मत ल्याएर पछ्याइरहेका छन् । मेयरका स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ७० मत पाएका छन् ।

उपमेयरमा एमालेकी शिल्पा कार्कीले २ सय ३६ र जसपाका अमरेन्द्र यादवले १ सय ५२ मत ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर