पोखरा महानगरको मतगणना दिउँसाे २ बजेदेखि – Nepal Press

पोखरा महानगरको मतगणना दिउँसाे २ बजेदेखि

पोखरा । पोखरा महानगरपालिकाको मतगणना शनिबार दिउँसाे २ बजेदेखि सुरु हुने भएको छ । अहिले चलिरहेको सर्वदलीय बैठकले दिउँसाे २ बजेबाट गणना सुरु गर्ने निर्णय गरेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेद्वारले साढे १२ बजेसम्म आफ्ना प्रतिनिधि पठाइसक्नुपर्नेछ । साढे १ बजेसम्म मतपेटिका मिलाउने र २ बजेबाट गणना गरिने निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

रुपा, माछापुच्छ्रे, मादी र अन्नपूर्णको भने गणना सुरु भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर