गैंडाकोट- १८ मा वडाध्यक्षसहित कांग्रेसको प्यानलै विजयी – Nepal Press

गैंडाकोट- १८ मा वडाध्यक्षसहित कांग्रेसको प्यानलै विजयी

गैंडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर १८ को मतगणना सकिएको छ । गैंडाकोट १८ को वडा अध्यक्ष पदमा पुनः नेपाली कांग्रेसका उम्मेदवार तिलबहादुर चितौरे विजयी भएका हुन् ।

यहाँ नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । महिला सदस्यमा पुनः टेकमाया सोती, दलित महिला सदस्यमा तारामाया विश्वकर्मा, खुल्ला सदस्यमा कर्णबहादुर माकिम मगर र चमबहादुर सुनारी विजयी भएका छन् ।

विजयी भएको औपचारिक घोषणा हुन बाँकी रहेको छ ।

यहाँ वडा अध्यक्षमा नेकपा एमालेको समर्थनमा मंगोल नेशनल अर्गनाईजेसनबाट चुमान सिंह चितौरे मगर प्रतिस्पर्धामा थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर