मनाङ ङिस्याङ गाउँपालिकामा एमाले विजयी – Nepal Press

मनाङ ङिस्याङ गाउँपालिकामा एमाले विजयी

काठमाडौं । मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा एमालेले जितेको छ । अध्यक्षमा निर्वाचित एमालेका कान्छा घलेले ८६१ मत पाउँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका छिरिङ ओङ्मा गुरुङले ७१३ मत पाएका छन् ।

उपाध्यक्षमा एमालेले समर्थन गरेका स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७४४ मतसहित विजयी भएका छन् । मनाङमा चामेमा एमाले र नार्पाभूमिमा कांग्रसले जितेका छन् ।

योसहित एमाले ४ गाउँपालिका जितेर पहिलो स्थानमा कायम भएको छ भने नेपाली कांग्रेस २ गाउँपालिकासहित दोस्रो स्थानमा छ । नेकपा एकीकृत समाजवादीबाट यसअघि नै डोल्पामा २ गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर