कागेश्वरी मनोहराः मेयरमा कांग्रेस र उपमेयरमा एमालेको शुरुवाती अग्रता – Nepal Press

कागेश्वरी मनोहराः मेयरमा कांग्रेस र उपमेयरमा एमालेको शुरुवाती अग्रता

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको प्रारम्भिक मतगणना नेपाली कांग्रेसले अग्रता लिएको छ । वडा नं १ को ३०० मत गन्दा कांग्रेसका नगर प्रमुख उपेन्द्र कार्कीसहित वडाध्यक्ष र सदस्यमा पनि अग्रता हासिल गरेको हो । उपप्रमुखमा भने नेकपा एमालेका शान्ता थापा अगाडि छन् ।

कांग्रेसले मेयरमा १५३ मत ल्याउँदा एमालेले १३२ र नेकपा एसले २ मत ल्याएको छ । उपमेयरमा एमालेले १४१, माओवादी केन्द्रले ६७ र नेकपाल एसले ४ मत ल्याएको छ ।

मतगणना आज बिहान २ बजेदेखि सुरु भएको हो । नगरपालिकामा कांग्रेस माओवादी केन्द्रको गठबन्धन थियो । एमाले र नेकपा एस भने छुट्टाछुट्टै निर्वाचन लडेका थिए ।

९ वडा रहेको नगरपालिकामा ३५ हजार ४९३ मतदाता छन् । जसमध्ये २६ हजार ९२८ मत खसेको थियो । यो कूल मतदाता संख्याको ७६ प्रतिशत भएको नगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । २०७४ को निर्वाचनमा एमाले विजयी भएको थियो । एमालेबाट विजयी कृष्णहरि थापा अहिले नेकपा एसमा लागेका छन् । उनी यो निर्वाचनमा पनि एसबाट प्रतिस्पर्धामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर