प्युठानमा एमालेबाट २८ वर्षीय युवाले जिते वडाध्यक्ष – Nepal Press

प्युठानमा एमालेबाट २८ वर्षीय युवाले जिते वडाध्यक्ष

रुपन्देही । प्युठानको सरुमारानी गाउँपालिका वडानम्बर ६ तिराममा नेकपा एमालेबाछ २८ वर्षीय युवा तिलबहादुर बुढा विजयी भएका छन् ।

बुढाले ६ सय ९५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी पाँच दलीय गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका बोमबहादुर पुनले ४ सय ४३ मत प्राप्त गरेका थिए ।

सो वडाको महिला सदस्यमा एमालेका एनुका राहुं, दलित महिला सदस्यमा एनुका विक तथा खुला सदस्यमा नमबहादुर उलुङ्गे र खड्ग बहादुर महरा विजयी भएका छन् ।

उक्त वडाबाट गाउँपालिका अध्यक्ष पदको लागि एमाले ६ सय ९२ र उपाध्यक्षमा ६ सय ८८ मत ल्याएर अग्रता कायम गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर