झापाको भद्रपुर नगरपालिकामा कांग्रेसको अग्रता – Nepal Press

झापाको भद्रपुर नगरपालिकामा कांग्रेसको अग्रता

झापा । झापाको भद्रपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ । प्रारम्भिक मतगणनामा प्रमुख पदका लागि कांग्रेसका उम्मेदवार गणेश पोखरेलले १ सय १८ मत ल्याएका छन् ।

नेकपा एमालेका असारु राजवंशीले ७५ मतसहित पछ्याइरहेका छन् ।  त्यस्तै राप्रपाका नवराज पनेरुले ७० मत पाएका छन् ।

उपप्रमुखमा नेकपा माओवाद केन्द्रका शिवकुमार राजभण्डारीले १ सय १८ मतसहित अग्रता लिदा एमालेकी कौशल्या अधिकारीले ७८ मत पाएकी छिन् । झापाका अधिकांश स्थानीय तहमा एमालेविरुद्ध गठबन्धन प्रतिस्पर्धामा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर