घोडाघोडीमा मतगणना सुरु – Nepal Press

घोडाघोडीमा मतगणना सुरु

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा मतगणना सुरु भएको छ । यहाँ १२ वडा रहेका छन् । दुई वडाको एकै साथ मतगणना गर्ने तयारी भइरहेको छ । पहिलो चरणमा वडा नम्बर १ र १२ मा मतगणना हुने भएको छ ।

यहाँ प्रमुखमा एमालेबाट ममता प्रसाद चौधरी, गठबन्धनबाट एकीकृत समाजवादीका खडक रावत र राप्रपाबाट नीरज मल्ल बिच प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

उपप्रमुखमा एमालेबाट करुणा बम बटाला र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी गुलिया चौधरीबीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ । यहाँ ५२ हजार ४० मतदाता रहेकोमा ३३ हजार ६४९ मत खसेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर