मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी, मतान्तर तेब्बर – Nepal Press

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी, मतान्तर तेब्बर

पोखरा । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिमा एमालेले तेब्बर मतान्तरसहित विजय हासिल गरेको छ । मतगण्नाको अन्तिम परिणाम अनुसार अध्यक्षमा एमालेका छोम्पेल विष्ट ६ सय ८९ मतसहित विजयी भएकी छन् ।

उनका निटकतम प्रतिस्पर्धी गठबन्धनबाट नेकपा एसका उम्मेदवार देववहादुर गुरुङले १८५ मत पाएका छन् ।

उपाध्यक्षमा पनि एमालेकै छिरिङ ल्हमो गुरुङ ६४१ मतसहित बिजयी भएकी छन् । गठबन्धनबाट कांग्रेसकी उम्मेदवार लक्ष्मी गुरुङले २२५ मत प्राप्त गरेकी छन् । वडाध्यक्षहरु पनि एमालेकै निर्वाचित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर