बुढानिलकण्ठ नगरपालिकामा एमालेको अग्रता,वडाध्यक्षमा एमालेकै लामा निर्वाचित – Nepal Press

बुढानिलकण्ठ नगरपालिकामा एमालेको अग्रता,वडाध्यक्षमा एमालेकै लामा निर्वाचित

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर १ को मतगणना सकिँदा मेयर उपमेयरसहित सबै पदमा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।

वडाध्यक्षमा एमालेका सुरेन्द्र लामा ८४५ मतसहित बिजयी हुँदा कांग्रेसका उम्मेदवार ४५३ मतमा रोकिएका छन् ।

मेयरमा एमालेका मिठाराम अधिकारीले ७७८ मत पाएका छन् भने कांग्रेसका बिनोद चालिसेले ४२८ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा एमालेकी अनिता लामा ८१२ मतसहित अग्रस्थानमा रहँदा कांग्रेसकी उम्मेदवारले ४५३ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर