अपरान्ह चार बजेसम्म ५५ प्रतिशत मत खस्यो – Nepal Press

अपरान्ह चार बजेसम्म ५५ प्रतिशत मत खस्यो

काठमाडौ । निर्वाचन आयोगले अपरान्ह चार बजेसम्म ५५ प्रतिशत मत खसेको जनाएको छ ।

आयोगले प्राप्त गरेको प्रारम्भिक तथ्यांक अनुसार स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि बिहान सात बजेदेखि जारी मतदानमा अपरान्ह चार बजेसम्म ५५ प्रतिशत मतदान भएको जनाइएको हो ।

अहिले पाँच बजेसम्मको कति मत खस्यो भन्ने विवरण संकलन भइरहेको आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार अझै पनि धेरै जसो मतदाता मतदान गर्ने लाइनमा नै रहेकाले अहिले नै कति मत खस्यो भनेर भन्न सकिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर