जितपुरका स्वतन्त्र मेयर उम्मेदवार कँडेल प्रहरी नियन्त्रणमा – Nepal Press

जितपुरका स्वतन्त्र मेयर उम्मेदवार कँडेल प्रहरी नियन्त्रणमा

बारा । बाराको जीतपुर–सिमरा उपमहानगरपालिकाका मेयरका उम्मेदवार उमाकान्त कँडेल पक्राउ परेका छन् । झडप गराएको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

स्थानीय राधा महतोका अनुसार स्याउली चोकमा महिला बसिरहेको स्थानमा गएर कँडेलसहितको टोलीले गालीगलौज गरेपछि झडप भएकोे थियो । झडपमा एमाले पक्षका श्याम न्योपाने घाइते भएको उनले जानकारी दिइन् ।

घाइते न्योपानेको अवस्था सामान्य छ । पक्राउ परेका उमाकान्तको बारेमा थप जाँचबुझ भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । माओवादी केन्द्र निकट कँडेलले उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर