बुटवलमा एमाले उम्मेदवारकी श्रीमतीले सुकुम्बासी बस्तीमा पैसा बाँडेको आरोप – Nepal Press

बुटवलमा एमाले उम्मेदवारकी श्रीमतीले सुकुम्बासी बस्तीमा पैसा बाँडेको आरोप

रुपन्देही । बुटवल उपमहानगरपालिकामा नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार बाबुराम भट्टराईमाथि सुकुम्बासी बस्तीमा पैसा बाँडेको आरोप लागेको छ ।

वडा नम्बर ११ को मझुवा टोलमा रहेको सुकुम्बासी बस्तीमा पुगेकी भट्टराईकी श्रीमती माया भट्टराईलाई नेपाली कांग्रेसका कार्यकर्ताहरुले नियन्त्रणमा लिएका छन् ।

प्रहरीले कांग्रेस कार्यकर्ताहरुले थुनेको अवस्थामा भट्टराईलाई उद्धार गरेको छ । कांग्रेस कार्यकर्ताहरुले उनी पैसा बाँड्न आएको भन्दै नाराबाजी गरेका थिए ।

बुटवलका एमालेका नेताहरुले भने पैसा बाँड्न नभई आफन्त भेट्न गएको दावी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर