मतदानका लागि गाउँ फर्किनेको लर्को (तस्बिरहरु) – Nepal Press

मतदानका लागि गाउँ फर्किनेको लर्को (तस्बिरहरु)

काठमाडौं । स्थानीय तह निर्वाचनमा मतदान गर्न राजधानीबाट फर्किनेको लर्को लागेको छ ।

अध्ययन, रोजगारी वा अन्य सिलसिलामा राजधानी आएका नागरिकहरू अहिले मतदान गर्न आफ्नो गृह जिल्ला फर्किरहेका हुन् ।

नयाँ बसपार्क, कलंकी, कोटेश्वर लगायतका क्षेत्रमा यात्रुहरूको भिडभाड देखिन्छ । गाडी उभिएर समेत जान सकिने अवस्था छैन ।

राजधानी नजिकका जिल्लाहरूमा उपत्यकाभित्र चल्ने सवारीले यात्रु बोकेर हिँडेका छन् । कोही आफ्नो निजी सवारीमा घरतिर लागेका छन् । कतिपय नागरिकहरू भने गाडी कुरेर बसिरहेका छन् ।

निर्वाचन आयोगले वैशाख ३० गतेलाई मतदानको मिति तोकेको छ । मङ्गलवार मध्यरातबाट मौन अवधि पनि सुरु हुँदै छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर